साफेबगर: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा रामबहादुर कुँवर विजयी भएका छन्। निर्वाचनमा कुँवरले ४७८ मत प्राप्त गर्दै क्षेत्रीय सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लालबहादुर कुँवर ‘नेत्र’ले ४१२ मत प्राप्त गरे। कुँवरले आफ्ना प्रतिस्पर्धीभन्दा ६६ मत बढी प्राप्त गर्दै विजयी भएका हुन्।
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नम्बर १ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधि पदमा यादव प्रसाद भट्टाईले उम्मेदवारी प्रस्तुत गरेका छन्। भट्टाईको उम्मेदवारीसम्बन्धी प्रचार सामग्रीमा उनले “जनताको आवाजलाई केन्द्रमा पु¥याउन प्रतिबद्ध छु” भन्ने सन्देश राखेका छन्। प्रचार सामग्रीमा नेपाली कांग्रेसको नीति तथा आदर्शसँगै राष्ट्रियता, लोकतन्त्र र
साफेँबगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ को आठौँ क्षेत्रीय अधिवेशन सोमबार साँफेबगरमा सुरु भएको छ। साँफेबगरमा आयोजित अधिवेशनको अध्यक्षता नेपाली कांग्रेस अछामका कार्यवाहक सभापति गणेश खड्काले गरिरहेका छन्। अधिवेशनमा नेपाली कांग्रेसका नेता भरतकुमार स्वार प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। अधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पार्टीका
साँफेबगर। नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा लालबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै कुँवरले क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनले पार्टी संगठनलाई थप मजबुत बनाउँदै कार्यकर्ताबीचको एकता, सक्रियता र संगठन विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। कुँवर
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शाहीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र आवाजलाई प्रतिनिधित्व गर्ने तथा पार्टीलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन योगदान गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शाहीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र आवाजलाई प्रतिनिधित्व गर्ने तथा पार्टीलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन योगदान गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको
साँफेबगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अछाम क्षेत्र नं. १ मा क्षेत्रीय नेतृत्वका लागि राजनीतिक गतिविधि बढ्न थालेको छ। यसै क्रममा कांग्रेस नेता रामबहादुर कुँवरले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको संगठन निर्माण, सञ्चार क्षेत्र र सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय कुँवरले आफूलाई क्षेत्रीय नेतृत्वका लागि
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्। बालेन सरकारले उक्त उद्योग पुनः सञ्चालनको तयारी गरेपछि खुसी व्यक्त गर्दै उनले आफूले थालेको प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको बताएका हुन्। सोमबार सामाजिक सञ्जालमार्फत् संयोजक प्रचण्डले