२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

साँफेबगरमा कांग्रेस अछाम–१ को १५ औं   क्षेत्रीय अधिवेशन सुरु


सामना प्रेस

साफेँबगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ को आठौँ क्षेत्रीय अधिवेशन सोमबार साँफेबगरमा सुरु भएको छ।
साँफेबगरमा आयोजित अधिवेशनको अध्यक्षता नेपाली कांग्रेस अछामका कार्यवाहक सभापति गणेश खड्काले गरिरहेका छन्। अधिवेशनमा नेपाली कांग्रेसका नेता भरतकुमार स्वार प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।
अधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ। अधिवेशनले क्षेत्र नम्बर १ को नयाँ क्षेत्रीय नेतृत्व चयन गर्नुका साथै पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने जनाइएको छ।
क्षेत्रीय नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दिने तयारीसँगै अधिवेशनस्थलमा नेता तथा कार्यकर्ताबीच भेटघाट र छलफलसमेत तीव्र भएको छ।
अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा कांग्रेसको संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।