२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

अछाम–१ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि यादव प्रसाद भट्टाईको उम्मेदवारी


सामना प्रेस

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नम्बर १ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधि पदमा यादव प्रसाद भट्टाईले उम्मेदवारी प्रस्तुत गरेका छन्।
भट्टाईको उम्मेदवारीसम्बन्धी प्रचार सामग्रीमा उनले “जनताको आवाजलाई केन्द्रमा पु¥याउन प्रतिबद्ध छु” भन्ने सन्देश राखेका छन्। प्रचार सामग्रीमा नेपाली कांग्रेसको नीति तथा आदर्शसँगै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई जोड दिइएको छ।
उम्मेदवारी प्रचारमा “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने नारा पनि उल्लेख गरिएको छ। भट्टाईले अछाम क्षेत्र नम्बर १ बाट खस आर्य समुदायको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने तयारी गरेको प्रचार सामग्रीबाट देखिन्छ।
नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनको तयारी तथा विभिन्न तहका अधिवेशनसम्बन्धी गतिविधि अघि बढिरहेका छन्। हालै अछामका लागि महाधिवेशन तयारीसँग सम्बन्धित केन्द्रीय प्रतिनिधि तोकिएको समाचारसमेत सार्वजनिक भएको छ।