साँफेबगर । समविकास नेपाल अछामको १५औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि, उपलब्धि, चुनौती तथा आर्थिक अवस्थाबारे समीक्षा गर्दै संस्थालाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। कार्यक्रम समविकास नेपालका अध्यक्ष दुधकला बिष्टको अध्यक्षतामा सम्पन्न भएको
मेल्लेख । अछामको मेल्लेख गाउँपालिका–४ कुस्कोटको तोलिपाटाका ५० घरपरिवारले ३८ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयले अन्ततः आफ्नो जग्गाको आधिकारिक प्रमाण पाएका हुन्। साबिकको कुस्कोट गाविसअन्तर्गत तोलिपाटा र साबिकको ठाँटी गाविसबीचको सीमा विवादका
अछाम । सामाजिक रूपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ। वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकासमन्त्री मेघराज खड्का रहनुभएको थियो। कार्यक्रममा बोल्दै पूर्वमन्त्री खड्काले समाज परिवर्तन भनेको भौतिक
साँफेबगर । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगरमा रहेको मालिका पोलिक्लिनिकले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ४ मा रहेको मालिका पोलिक्लिनिक प्रा.लि.ले थप व्यवस्थापन र सेवा–सुविधा सहित आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो। लामो समय देखि साँफेबगरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले आफ्नै
मेल्लेख : स्थानीय सरकारबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रभावकारी रुपमा अनुगमन हुनु पर्ने अछामको मेल्लेखका सरोकारवालाहरुले सुझाव दिएका छन्। मेल्लेख गाउँपालिकाले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन्। पालिकाले योजना छुट्याउने, कार्यक्रमहरु संचालन गर्ने तर त्यसको प्रभावकारी अनुगमन नहुने गरेको सहभागीहरुको
९ भदौ २०८३ अछाम । नेपाल विद्युत प्राधिकरण, अछाम वितरण केन्द्रले समुदायमा विद्युत सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ। अछाम वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल भदौ २२ गतेदेखि २६ गतेसम्म समुदायमा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विद्युतको सुरक्षित प्रयोग तथा
कैलाली: कैलाली बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको