साँफेबगर । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगरमा रहेको मालिका पोलिक्लिनिकले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ४ मा रहेको मालिका पोलिक्लिनिक प्रा.लि.ले थप व्यवस्थापन र सेवा–सुविधा सहित आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो।
लामो समय देखि साँफेबगरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले आफ्नै भवनबाट थप व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ।
नयाँ भवनमा सरेको अवसरमा आज पोलिक्लिनिकमा आउने बिरामीलाई उपचारमा ३० प्रतिशत छुट उपलब्ध गराईने पोलिक्लिनिकका प्रमुख राम बहादुर भण्डारीले बताउनु भयो।
पोलिक्लिनिकको नयाँ भवन प्रवेश कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिवबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो।
पोलिक्लिनिकले नयाँ भवनबाट स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्थानीय नागरिकलाई थप सहज र गुणस्तरीय सेवा दिने जनाएको छ।


