२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

नेपाली कांग्रेस अछाम–१ को क्षेत्रीय सभापतिमा लालबहादुर कुँवरको उम्मेदवारी


सामना प्रेस

साँफेबगर। नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा लालबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै कुँवरले क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनले पार्टी संगठनलाई थप मजबुत बनाउँदै कार्यकर्ताबीचको एकता, सक्रियता र संगठन विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।

कुँवर लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनको उम्मेदवारीसँगै अछाम क्षेत्र नम्बर १ मा कांग्रेसको क्षेत्रीय नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।
क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै कुँवरले पार्टीलाई बलियो र व्यवस्थित बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताएका छन्।