२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: महाधिवेशन प्रतिनिधि मा धनबहादुर शाहीको उम्मेदवारी घोषणा


सामना प्रेस

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
शाहीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र आवाजलाई प्रतिनिधित्व गर्ने तथा पार्टीलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन योगदान गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।
मेल्लेख गाउँपालिकामा राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका शाहीलाई नेपाली कांग्रेसभित्रको एक अनुभवी तथा सम्मानित व्यक्तित्वका रूपमा लिइन्छ। उनको उम्मेदवारी घोषणासँगै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताबीच चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न तहबाट नेतृत्व तथा प्रतिनिधिका आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ।