ए मान्छे
तिमिले यो कुरा
कहिले बुझ्ने ?
मृत्युको कुनै धर्म हुदैन
रगतको कुनै समुदाय हुदैन
आशुको कुनै जात हुदैन
जसरी
बर्षाले खेत छुट्याउदैन
हावाले धर्म छुट्याउदैन
प्रकृतिले कसैलाई काखा
कसैलाई पाखा छुट्याउदैन
सुर्यको प्रकाश
जसरी
तिम्रो समुदायमा पर्छ
त्यसरी नै
पर्छ मेरो समुदाय पनि
तिमी क्षेत्री बाहुन हुदैमा
ठूलो नेपाली
अनि म
दलित हुदैमा
सानो नेपाली
हो त ?
मान्छे तिमी त
विज्ञानले प्रमाणित गरेको
एउटा चेतनशील प्राणी हौ
तिमी विज्ञानलाई
झुटो प्रमाणित गर्न
आफ्नो दास मानसिकता
किन खर्चिरहेको छौ!
मान्छे तिमिले यति
चै थाहा पाउनै पर्छ
मन्दिरभन्दा ठूलो मानवता हो
धर्मभन्दा ठूलो मानवता हो
जातभन्दा ठूलो मानवता हो
आउ
यदि तिमी
साच्चिकै मान्छे हौ
भने सङ्गै गरौ हातेमालो
बनाउ सबैभन्दा ठुलो
धर्म मानवतालाई
प्रकृति भन्दा सभ्य बनौ
किनकी हामी चेतनशील प्राणी हौ
चेतनाको भाषा बुझौ
साच्चिकै नेपालको राष्ट्रिय गानलाई
आत्मसात गरौ ………
भिम सरोवर


