२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

एमाले सांसद थापाले दिए राजीनामा


सामना प्रेस

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्।

बिचौलियाको प्रभावमा ल्याइएको बजेटप्रति असन्तुष्ट पूर्वमन्त्री थापा हतारमा बजेट पारित हुन नहुने पक्षमा थिए। बजेट पारित भएपछि असन्तुष्टि जनाउँदै थापाले मंगलबार साँझ नै सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्। सभामुख भण्डारीले भने उनको राजीनामा अझै स्वीकृत गरेका छैनन्।