२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

चिफ्ले झरनामा खसेर बेपत्ता भएका युवक मृत फेला


सामना प्रेस

कैलाली : कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

विज्ञापन
cp add
आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल पन्तको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको खोजीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।