बाजुरा । बाजुरामा पहिराले दुई घरमा क्षति हुँदा दुई जना र्घाइते र एक किशोरी वेपत्ता भएकी छन् ।
हिलो बेलुकी त्रिवेणी नगरपालिका –९ ताम्सुको गाउँमाथि देखि आएको पहिरोले ताम्सुका दुई घरमा क्षति हुँदा दुई घाईते एक जना किशोरी वेपत्ता भएकी छन् ।
वेपत्ता हुनेमा त्रिवेणी –९ ताम्सुमा बस्ने कर्ण थापाकी छोरी बर्ष २० की प्रतिक्षा थापा रहेकी छन् । भने घाईते हुनेमा पनि सोही गाउँका अन्दाजी वर्ष ४० की धर्म थापा वर्ष ४० की धौली देवी रावल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाईते धर्म थापाको बाँया खुट्टा र शरिरमा चोट लागेको छ । भने धौली देवी रावलको टाउको,शरिरमा र दाहिने खुट्टा र कान बाट रगत बगेकोले उहाँको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नभुयो, “ वेपत्ता प्रतिक्षा थापाको खोजी कार्य तीब्र भईरहेको छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेन्द्र बोहराको नेतृत्वमा १७ र ईश्वरी बक्स गुल्म, थापाथली व्यारेकबाट सह–सेनानी प्रजेश सिंहको कमाण्डमा ११ जनाको टोली घटनास्थलको खटिएको छ ।
थापा सुतिरहेको बेलामा पहिरो आएकोले उहाँ त्यसै घरमा पुरिएको हुन सक्ने सम्भावना रहेकोले अहिले त्यसैमा ठाउँमा खोजी कार्य भईरहेको शाहीले बताउनुभयो ।


