लागु औषध (खैरो हेरोइन) सहित धनकुटा नगरपालिका–१ हिले क्याम्पस नजिकबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका–१ हिले क्याम्पस नजिक सडकमा शंकास्पद रुपमा हिँडिरहेका पाख्रीवास नगरपालिका–७ मुगाका ३२ वर्षीय हरि तामाङलाई खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागु औषध (खैरो हेरोइन) सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
तामाङमाथि खानतलासी गर्ने क्रममा निजले लगाएको खैरो रङको ट्रयाकको बाँया पट्टि अगाडि तर्फको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिकमा पोको पारी प्रतिबन्धित लागु औषध (खैरो हेरोइन) जस्तो देखिने लिसाईलो पदार्थ एक ग्राम बरामद गरिएको प्रहरीले बताएको छ । उनको साथबाट खैरो हेरोइन सहित सेतो रङको एन्ड्रोइड मोबाइल एकथान पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका तामाङलाई लागु औषध अन्तरगतको मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएकोछ
खैरो हिरोइन सहित एक जना युवा पक्राउ
Total Views:
2
Leave a Comment

